२१ बैशाख २०८१, शुक्रबार

बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण

प्रकाशित मिति :  28 October, 2021 4:08 pm


काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । बिहीबार अपरान्ह साढे ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ ग्रहण गरेका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । शाक्यको राजीनामा सँगै एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस !