४ जेष्ठ २०८१, शुक्रबार

नवनियुक्त कानुनमन्त्री तुम्वाहाङ्फेद्वारा पदभार ग्रहण

प्रकाशित मिति :  17 February, 2020 6:02 pm


काठमाडौं, ५ फागुन। नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फे राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् । सपथ लिए लगत्तै उनले अाजै मन्त्रालय पुगेर कार्य भार समालेकी छन् ।

यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए । डा. तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् ।

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस !