४ जेष्ठ २०८१, शुक्रबार

पूर्वसभामुख महराले भने,’मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकता’

प्रकाशित मिति :  17 February, 2020 7:33 pm


काठमाडौं, ५ फागुन। पूर्वसभामुख कृष्णबहादुरले अदालतबाट निर्दोष प्रमाणित भएर कारागार मुक्त भएलगत्तै सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

एक विज्ञप्ति जारि गर्दै अाफूलाई फसाएको समेत गर्दै एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा अाफ्नो पहिलो र उच्च प्राथमिकतामा सधैं रहेको र अहिले पनि रहने र सदैव रहिरहनेछ उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,’ एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’ यसले अमेरिकी परियोजना एमसीसी रोकेकाले फसाईएको अाशय देखिन्छ । महराले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको भन्दै अाक्रोश व्यक्त गरेका छन्।

उनले भनेका छन्,’ म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’
अाफूमाथि लगाइएको आरोप गलत सावित भएको भन्दै महराले भनेका छन्,’ सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’



प्रतिक्रिया दिनुहोस !