४ जेष्ठ २०८१, शुक्रबार

पूर्व सभामुख महरा थुना मुक्त भएको सदनलाई जानकारी, संसद जाने बाटो खुल्यो

प्रकाशित मिति :  18 February, 2020 4:07 pm


काठमाडौं, ६ फागुन। प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।

मंगलबार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जिल्ला अदालतको यही फागुन ५ गतेको महरा सम्बन्धि फैसलाबारे  जानकारी गराएका हुन्  ।

बलत्कारको अारोप लागेका महरालाई सोमबार जिल्ला अदालत काठमाडौंले निर्दोष रहेको फैसला सुनाएको
थियो ।
बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । बलात्कारको अारोलागेपछि तत्कालीन सभामुख महराले  सभामुख पदबाट राजीनामा दिएकथिए
महरालाई पक्राउ पुर्जी जारी भएकोबारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !