४ जेष्ठ २०८१, शुक्रबार

सैनिक(पहिलो संशोधन) विधेयक र मिडिया काउन्सिल विधेयक संसदमा पेश

प्रकाशित मिति :  18 February, 2020 4:18 pm


काठमाडौं, ६ फागुन। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्गै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ प्रतिनीधि सभामा पेश गरेका छन् ।

उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने दाबी गरे । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ पेश गरेका छन् ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक समेत पेश भएको छ ।



प्रतिक्रिया दिनुहोस !