४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा ३२९ कैदीको बाँकी कैद मिनाहा

प्रकाशित मिति :  18 February, 2020 8:09 pm


काठमाडौं, ६ फागुन। राष्ट्रपति विद्या देवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३२९ जना कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपति भण्डारीले कैद मिनाहा गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !