२० मंसिर २०७९, मंगलबार

सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००

प्रकाशित मिति :  14 November, 2021 12:15 pm


काठमाडौं । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २ सय रुपैयाँले उकालो लागेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

सुन गत शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय  छ ।

त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रुपैयाँले बढेर १ हजार २९५ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !