५ जेष्ठ २०८१, शनिबार

आजको राशीफल

प्रकाशित मिति :  15 November, 2021 5:05 am


वि.सं. ः २०७८ कार्तिक २९ गते सोमबार

इ.सं. ः १५ नोभेम्बर २०२१

सूर्योदय ः विहान ०६ः२६ बजे

सूर्यास्त ः बेलुका १७ः१० बजे

तिथि ः एकादशी ०८ः५६ सम्म, तत्पश्चात् द्वादशी

पक्ष ः कार्तिक शुक्लपक्ष

नक्षत्र ः उत्तरभाद्रपदा २०ः४६ सम्म, पश्चात् रेवती

योग ः बज्र २५ः४८ सम्म, तत्पश्चात् सिद्धि

करण ः विष्टि ०६ः५७ सम्म, तत्पश्चात् बव

चन्द्रराशी ः मीन

ऋतु ः शरद्

अयन : दक्षिणायन

 

आजको राशीफल

 

मेष

मनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आप्mन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला ।

 

वृष

वृष राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । आय आर्जन राम्रो हुनेछ । नयाँ कार्यको थालनी होला । आर्थिक कारोबारको लागि शुभ रहेको छ । आप्mन्तबाट सहयोग मिल्नेछ । विभिन्न उपहार पनि पाइने छ ।

 

मिथुन

मिथुन राशी हुनेहरुको आजको दिन सुखद् रहेको छ । मनमा प्रसन्नता आउनेछ । नोकरीमा सम्मान पाइनेछ । पिताबाट सहयोग मिल्नेछ । तपाईको लक्ष्यमा अवश्य पनि पुग्नु हुने छ । नयाँ कार्यको थालनी गरे सफलता मिल्ने छ ।

 

कर्कट

कर्कट राशीहुनेहरुको आज शुभ छैन । पेटमा समस्या उत्पन्न हुन सक्दछ । राजनीतिमा प्रतिस्पर्धीहरुले अनावश्यक आरोप लगाउने छन् । मनमा अशान्ती रहनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । आत्मसम्मानमा आँच आउँन सक्दछ ।

 

सिंह

सिंह राशीको व्यक्तिको आजको दिन राम्रो छैन । अनावश्यक विवाद र भैmगडामा पर्नु हुने छ । विभिन्न संकट आइपर्नेछन् । आँटेको काम बन्दैन । घर व्यवहारमा पनि विभिन्न समस्याहरु आइपर्नेछन् । आफन्तहरुसँग विवाद हुन सक्दछ ।

 

कन्या

कन्या राशी हुनेहरुको आजको दिन राम्रो रहेको छ । शत्रु माथि विजय प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद् रहनेछ । साझेदारीमा काम गरे सफल हुनेछ । व्यवसायमा प्रगती हुने छ । पढाई लेखाईमा मन लाग्नेछ ।

 

तुला

तुला राशी भएका व्यक्तिहरुको आजको दिन राम्रो रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापारबाट पनि मनग्गे आम्दानी हुनेछ । नोकरी र व्यापारबाट धन लाभ हुनेछ । अध्ययनमा सफलता हात लाग्नेछ ।

 

वृश्चिक

वृश्चिक राशी हुनेहरुको लागि आजको अशुभ रहेको छ । अध्ययनमा मन नलाग्दा अध्ययनबाट सफलता हात लाग्दैन । स्वास्थ्यमा समस्या आइपर्नेछ । भाग्यले साथ नदिँदा बन्न लागेका कार्यहरु रोकिने छन् । शरीरमा आलस्यता बढ्नेछ ।

 

धनु

धनु राशीहुनेहरुको लागि आजको दिन सुखद् छैन । स्वास्थ्यमा समस्या आउने छ । आप्mन्तसँग विवाद हुन सक्नेछ । स्वास प्रस्वासमा समस्या आउन सक्दछ । साथिहरुबाट धोका पाउन सक्नु हुनेछ । आजको दिन जुनसुकै कार्य गर्दा सर्तक रहनु होला ।

 

मकर

मकर राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । परिवारबाट सुख मिल्लने छ । परिश्रमको फल मिल्नेछ । दाजुभाइ दिदिबहिनीबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिने छ । मन शान्त रहनेछ ।

 

कुम्भ

कुम्भ राशी हुनेहरुको आजको दिन सुखद् रहने छैन । बोल्दा विचार पुर्याउनु होला । तपाई बोलेका कुुराहरुबाट आफन्तलाई नराम्रो पर्न सक्दछ । कृषिजन्य उत्पादनमा समस्या देखिन सक्नेछ । आँखामा समस्या देखिनेछ ।

 

मीन

मीन राशी हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । मान प्रतिष्ठा बढ्ने छ । स्वास्थ राम्रो हुने छ । व्यवासायबाट राम्रो लाभ हुनेछ । बुद्धि पुर्याएर कार्य गर्दा आँटेको काम पुरा हुने छ ।

 



प्रतिक्रिया दिनुहोस !