१५ बैशाख २०८१, शनिबार

टेलिकमको खुद नाफा ४८ प्रतिशले बढ्यो, त्रयमासिक कुल आय १० अर्व ९५ करोड

प्रकाशित मिति :  16 November, 2021 8:14 pm


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष ०७८/७९ को प्रथम त्रयमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चालू आवको पहिलो त्रयमासमा गत वर्षको यही अवधिको तुलनामा ४८.९० प्रतिशतले वृद्धि भई खुद मुनाफा २ अर्ब २५ करोड ९९ लाख ४ हजार पुगेको छ।

गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेको थियो । गत वर्षको तुुलनामा यो वर्षको नाफा ७४ करोड २१ लाख ३४ हजार रुपैया बढी हो।

टेलिकमले भ्वाइस, डाटा र एसएसएम सेवाको उपभोग बढेकाले कम्पनीको समग्र वित्तीय अवस्थामा बढोत्तरी भएको जनाएको छ।

प्रतिवेदन अनुसार गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) सम्म करपूर्वको ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आवमा सोही अवधिमा २१.२८ प्रतिशतले (८४ करोड ४९ लाख ५७ हजा) ले वृद्धि भई ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार पुगेको छ।

गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकोमा चालु आवमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजार (अर्थात, १३.२ प्रतिशत) ले वृद्धि भई ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ।

गत आवको प्रथम त्रैमासिक (२०७७ आश्विन मसान्त)को कुल आय१० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा कुल आय ८४ करोड ७८ लाख ७१ हजार (८.३९ प्रतिशत) ले वृद्धि भई१० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको टेलिकमले जनाएको छ।

कोरोना भाइरसको महामारीबीच अनलाइन कारोबार, अनलाइन शिक्षा, सामाजिक संजाल तथा इन्टरनेटमा आधातिर मनोरंजन सेवासमेतमा उल्लेख्य बढोत्तरी भएको छ । कम्पनीले यस अवधिमा भ्वाइसमा ७ प्रतिशत, डाटामा १५ प्रतिशत र एसएमएसमा ३३५ प्रतिशतले वृद्धि भएको टेलिकमको प्रतिवेदन छ ।



प्रतिक्रिया दिनुहोस !