८ जेष्ठ २०७९, आइतबार

दाङमा १ सय ७५ जनाले अङ्गीकृत नागरिकता लिए

प्रकाशित मिति :  20 February, 2020 9:22 am


दाङ, ८ फागुन। नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङमा १ सय ७५ जनाले अङ्गीकृत नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७२-७३ मा २६, २०७३-७४ मा २१, २०७४-७५ मा ३३, २०७५-७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !