११ पुस २०८२, शुक्रबार

रोल्पामा ६२.१७ प्रतिशत घरमा बिजुली पुग्यो

प्रकाशित मिति :  23 November, 2021 2:41 pm


काठमाडौं । रोल्पामा ६२.१७ प्रतिशत घरमा बिजुली पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार देशभर औषत ९० प्रतिशत भन्दा बढी विद्युतीकरण भएकोमा रोल्पामा भने अझै झण्डै ३८ प्रतिशत घरघुरीमा विजुली पुग्न सकेको छैन ।

लुम्बिनी प्रदेशका कूल १२ जिल्लाका १० लाख १९ हजार ७०३ घरधुरीमध्ये ९४.९१ प्रतिशतमा बिजुली पुगेको छ । रुकुम पूर्वमा मात्रै भने जम्मा १९.२५ प्रतिशत घरधुरीमा बिजुली उपलब्ध भएको राससले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !