१७ बैशाख २०८१, सोमबार

सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा

प्रकाशित मिति :  20 February, 2020 3:47 pm


काठमाडौ, ८ फागुन । 

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन्  संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा स्विस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका हुन् ।

सञ्चारमन्त्रीको राजीनामा माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधि तथा राष्ट्रिय सभा दुवै अवरुद्ध गरेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा पनि पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने र यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने कांग्रेसको माग छ ।



प्रतिक्रिया दिनुहोस !