१८ बैशाख २०८१, मंगलबार

चीनसँग डराएर डब्लुएचओले नयाँ भेरियन्टको नाम सी नराखी ओमिक्रोन राखेको आरोप

प्रकाशित मिति :  28 November, 2021 2:25 pm


काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनसँग डराएर कोरोनाभाइरसको नाम ओमिक्रोन राखेको आरोप लगाइएको छ ।

बेलायती अखबार टेलिग्राफले चिनियाँहरूले दबाब दिएर नयाँ भेरियन्टको नाम सी भेरियन्ट नराख्न दबाब दिएपछि डब्लुएचओले सीको ठाउँमा ओमिक्रोन राखिएको उल्लेख गरेको छ ।

यो समाचारप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी सांसद टेड क्रुजले डब्लुएचओले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग डराएर ओमिक्रोन राखेको ट्वीटमा उल्लेख गरेका छन् । क्रुजले यस्तो महामारीको बेला डब्लुएचओले सीसँग डराएर काम गर्छ भने उसको विश्वसनीयतामा विश्वास गर्न गाह्रो हुने बताएका छन् ।

दक्षिण अफ्रिकामा डेल्टा भन्दा बढी हानिकारक भेरियन्ट फेला परेको छ । त्यसको नाम ग्रिक अल्फाबेट अनुसार एनयु न्यु राख्नु पर्ने थियो । तर अंग्रेजी शब्द एनइडब्लु न्युसँग यसको उच्चारण मिल्न जाने भएको देखेर डब्लुएचओले फेर्दा सी चिनियाँ राष्ट्रपतिको नाम पर्न गएकोले ओमिक्रोन राखिएकाे आरोप लगाइएकाे हाे । 

डब्लुएचओको यो निर्णयको आलोचना गर्दै चीन विरोधी खेमाका टेड क्रुजलगायतकाले अभियान तीव्र पार्न खोजिरहेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !