६ कार्तिक २०८१, मंगलबार

मातृभाषा संरक्षण गर्न जोड

प्रकाशित मिति :  23 February, 2020 9:06 am


कपिलवस्तु, ११ फागुन । हिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि वक्ताले सस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए ।

कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने जानकारी दिए ।
राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिवसमेत रहेका उनले मातृभाषालाई व्यवस्थित र संरक्षित गर्न नगरपालिकाले प्राथमिता दिएको उल्लेख गरे ।

प्रदेश नं ५ सरकारद्वारा गठित मदरसा बोर्डका उपाध्यक्ष मशहुद खाँ मातृभाषा दिवसको ऐतिहासिक पृष्ठभूमिबारे उल्लेख गरे । समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्वले मातृभाषामा बोल्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशीलकुमार शाही, नगरपालिकाका सल्लाहकार तुफेल अहमद खाँ, वडा नं ३ वडाध्यक्ष सगीर अहमद खाँ, वडा नं २ का वडाध्यक्ष सञ्जयकुमार गुप्तालगायतले भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय मदरसा सङ्घका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले भाषा संरक्षणले मात्र संस्कृति बलियो हुने तर्क गरे।



प्रतिक्रिया दिनुहोस !