१२ श्रावण २०८१, शनिबार

पूर्व सभामुख महरा मतदाताबीच जाने

प्रकाशित मिति :  23 February, 2020 9:19 am


काठमाडौं, ११ फागुन । बलात्कारको अारोपमा अदालतबाट सफाई पाएपछि प्पूर्वसभामुख कृष्णबहादुर महरा पहिलोपटक अाफ्नो मतदाताबीच जाने भएका छन् ।

महराले फागुन १२ गते दाङ पुगेर अाफ्ना मतदाता र शुभचिन्तक भेटने कार्यक्रम तय गरेका छन् । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
दाङ पुगेपछि जनतासंग आफ्ना कुरा सुनाउने र जनताकै घरमा बास समेत बस्ने महराको कार्यक्रम छ ।

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको आरोपमा महरा तीन महिना हिरासतमा बसेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष सावित गरेको हो ।उनी दाङमा एक हप्ता बस्ने स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !