२३ बैशाख २०८१, आइतबार

शेयर बजारमा उच्च बृद्धि, ऐतिहासिक रेकर्ड कायम

प्रकाशित मिति :  23 February, 2020 4:44 pm


काठमाडौं, फागुन ११ ।

आइतबार शेयर बजारमा उच्च बृद्धि आयो । सर्किट ब्रेक लाग्दै नेप्से ७० अंक बराबरले उकालो लागेर १५ सय माथी पुगेको छ । आज नेपाल स्टक एक्सचेन्जको इतिहासिमा कारोबारको ऐतिहासिक रेकर्ड कायम भयो ।

यस दिन नप्सेमा एकै दिन झण्डै पौने ४ अर्बको कारोबार भयो । उतार चढावबीच नेप्से ६९ अंकले उकालो लागेर १५ सय ४ पुगेर रोकिएको छ । नेप्से बढे सँगै लगानीकर्ता उत्साहित बनेका छन् ।

अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्रिय सभा सदस्यमा नदोहोरिने चर्चासंगै लगानीकर्ता हौसिएको विश्लेषण गरिएको छ । कारोबार भएका सबै समूहमा सुधार आयो ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च १ सय ९२ अंक अनि जिर्जीबन बीमा समूहमा पनि १ सय ३९ अंकको बृद्धि आयो । वाणिज्य बैंक समूहमा पनि ८६ अंकको उच्च बृद्धि आयो ।

विकास बैंक समूह ८४ अंकले उकालो लाग्यो । व्यापार समूह ७३ अंकले बढ्यो । लघुवित्त समूह ५४ अंकले बढ्दा अरु पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीको झण्डै ८८ लाख कित्ता शेयर ३ अर्ब ६१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !