११ बैशाख २०८१, मंगलबार

रोनाल्डोको कीर्तिमानी ८०० गोल

प्रकाशित मिति :  3 December, 2021 1:50 pm


ऐजेन्सी। पोर्चुगल तथा म्यान युनाइटेडका फरवार्डर क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८०० औँ गोल गरेका छन् ।

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा १ गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो ।

खेलको १३ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । यो गोलसँगै रोनाल्डोले आफ्नो खेल जीवनको करियरमा ८०० गोल पूरा गरे। ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा यो कीर्तिमानी बनाएका हुन् ।

पहिलो हाफ रोमान्चक बनेको खेलको ५४ औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २(२ को अवस्थामा पुग्यो । तर, खेलको ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई ३(२ को जित दिलाए ।

यस जितसँगै युनाईटेडले १४ खेलमा २१ अंक जोडेको छ । युनाईटेड सातौं स्थानमा रहेको छ । आर्सनल २३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !