४ जेष्ठ २०८१, शुक्रबार

बाँदर धपाउन ४० लाख खर्च

प्रकाशित मिति :  24 February, 2020 9:06 am


काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक र काठमाडौंका ४ गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उल्लेखित रकम उपलब्ध गराउन लागेको हो ।

लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागेको निर्देशनालयका अधिकृत तथा सूचना अधिकाी बब्लु ठाकुरले बताए । ‘धुसेनीमा रहेका नयाँ पानी भूमि अधिकार कृषक समूहलाई बाँदर नियन्त्रण गर्न १० लाख रुपैयाँ निर्देशनालयले निर्णय गरिसकेको छ’ उनले भने । कृषक समूहसँग सम्झाैता हुन मात्र बाँकी छ ।

बाँँदरका कारण धुसेनीस्थत स्वारा टोलका २० घर बसाइँ सरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !