१६ आश्विन २०७९, आइतबार

पूर्व सभामुख महरा मतदाता भेट्न दाङमा,बाटोमै भब्य स्वागत

प्रकाशित मिति :  24 February, 2020 5:09 pm


दाङ,१२ फागुन । बलात्कारको आरोपमा अदालतले सफाई दिएको एक हप्ता पछि पूर्व सभामुख कृष्णबहादुर महरा मतदाता भेट्न दाङ गएका छन् ।

दाङ जानेक्रममा महरालाई दाङको भालुवाङमै भब्य स्वागत गरिएको छ । स्वागत गर्न आएका नेता, कार्यकर्तालगायतलाई सम्बोधन गर्दै महराले आफूलाई अदालतले न्याय दिएको  बताए । उनले अब दाङमा जनताको लागि लड्ने प्रतिबद्धता जनाए ।

महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । पूर्व सभामुख महरा एक हप्ता आफ्नो निर्वाचन क्षेत्रमा रहने कार्यक्रम रहेको उनको सचिवालयले‌ जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !