६ कार्तिक २०८१, मंगलबार

कोहलपुरमा ‘सिकेलसेल ल्याब’ स्थापना हुँने

प्रकाशित मिति :  24 February, 2020 5:33 pm


बाँके,१२ फागुन ।थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ ।

कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको तीन करोड ३१ लाख १० हजार रुपैयाँमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गर्न लागिएको हो । सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना गर्न लागेको हो ।

गत वर्षदेखि नै ल्याब स्थापनाका लागि कसरत गरेको नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्तास्वरुप एक करोड १० लाख रुपैयाँ बजेटसमेत प्राप्त गरेको छ । नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूका अनुसार स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको हो । उपप्रमुख थारूले सिकलसेल एनिमिया रोगको जाँच गर्ने मेसिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताईन ।

उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षका लागि बजेट उपलब्ध गराएको छ, केही सयमभित्रै ल्याब स्थापनाको काम शुरु हुन्छ ।’ थारू समुदायको बाहुल्य रहेको कोहलपुरमा सिकलसेल जाँचको ल्याब स्थापना भएसँगै रोग नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको उपप्रमुख थारूले बताउनुभयो । थारू जातिमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलेसेल एनिमिया सबै समुदायमा देखिएको भए पनि थारू समुदायमा बढी छ ।



प्रतिक्रिया दिनुहोस !