६ कार्तिक २०८१, मंगलबार

स्वर्गद्वारी विमानस्थल बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत

प्रकाशित मिति :  25 February, 2020 7:15 pm


Plane taking off at the airport. Airbus departs. Outline sketch illustration.

काठमाडौं, १३ फागुन । लामो समयदेखि चर्चामा रहेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको छ ।

वन तथा वातावरण मन्त्रालयले सोमबार मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो । विसं २०७१ सालबाट प्रक्रिया अगाडि बढेको विमानस्थल निर्माणको काम विभिन्न समस्या र राजनीतिक खिचातानीले रोकिए पनि अब यसको काम अगाडि बढ्ने विश्वास छ ।

गत जेठ १५ गते बजेट भाषणमा स्वर्गद्वारी विमानस्थलको काम शुरु गरिने भनेअनुसार निर्माणको प्रक्रिया अगाडि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नं प्रदेश सदस्य विजयविराज विष्टले जानकारी दिए । ‘लामो समयसम्मको प्रयासमा प्रक्रिया अगाडि बढाइएको छ, विष्टले भने’, ‘अब निर्माण कार्य अगाडि बढ्छ ।’ स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउनका लागि गत माघ १३ र १४ गते उक्त स्थानको सर्भेको भएको थियो । अत्याधुनिक प्रविधि ड्रोनमार्फत चाल्नेटार विमानस्थलको सर्भे गरिएको नागरिक उड्डयन मन्त्रालयका कन्सल्टेन्ट उत्सव गौतमले जानकारी दिए ।

उक्त स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरी नागरिक उड्डयन मन्त्रालयमा पेश भएपछि डिपिआरका लागि सर्भेको काम भएको थियो । केही महिनामा डिपिआर रिर्पोट तयार गरी निर्माणको काम शुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !