२० बैशाख २०८१, बिहिबार

सेनाभित्र प्राविधिक र इन्फेन्ट्रीबीच दूरी

प्रकाशित मिति :  26 February, 2020 7:56 am


काठमाडौं, १४ फागुन । नेपाली सेनाका इन्फेन्ट्री (साधारणतर्फ) र प्राविधिक (अन्य विशेष सेवा) अधिकृतबीच सैनिक मुख्यालय जंगी अड्डाभित्रै दूरी बढ्न थालेका संकेतहरू देखापरेका छन् । हाल सेनामा करिब ९५ हजार सैनिक छन्, जसमध्ये करिब पाँच हजार प्राविधिक हुन् ।

सैनिक नेतृत्वले इन्फेन्ट्रीलाई बढी महत्त्व दिएको र आफूहरूलाई दोस्रो दर्जाको रूपमा व्यवहार गरेको प्राविधिक अधिकृतहरूको गुनासो छ । प्राविधिकतर्फ इन्जिनियर, डाक्टर, लेखा र प्राड विवाकका सिपाही छन् ।
सेनामा विकास निर्माणका कार्य हेर्ने इन्जिनियरिङ विभागमाथि सार्वजनिक रूपमै भ्रष्टाचार र अनियमितताको आरोप लाग्न थालेपछि प्राविधिक अधिकृतहरूमाथि कडाइ गर्न थालिएको थियो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदनलगायत विषयमा प्रश्न उठेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुसन्धान गर्न लगाएका थिए । त्यसयता प्राविधिक अधिकृतको काममा निगरानी बढाइएको हो ।
हरेक काम अघि बढाउनुभन्दा पहिले प्राविधिकहरूले साधारणतर्फबाट नेतृत्व गर्ने सैनिक अधिकृतसँग सहमति लिनुपर्ने व्यवस्था मिलाइएको छ । कतिपय अवस्थामा साधारणतर्फका तल्लो दर्जाका सैनिक अधिकृतबाट सहमति लिनुपर्ने भएपछि प्राविधिक अधिकारी रुष्ट भएका कान्तिपुर दैनिकमा  समाचार छ।



प्रतिक्रिया दिनुहोस !