९ जेष्ठ २०७९, सोमबार

नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रीय सदस्यका लागि तुलसीपुरका रिजालको उम्मेदवारी घोषणा

प्रकाशित मिति :  26 February, 2020 8:55 am


दाङ, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रीय सदस्यका लागि तुलसीपुरका बिमल रिजालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी चैत २८ र २९ गते काठमाडौमा हुन लागेको निर्वाचनमा खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि तुलसीपुर उद्योग वाणिज्य सघंबाट बिमल रिजालले उम्मेदवारी घोषणा गरेका हुन् ।

रिपोर्टस क्लव दाङले मगंलवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले खुल्ला तर्फको केन्द्रीय सदस्य पदका लागि सघंका पूर्व अध्यक्ष बिमल रिजालको उम्मेदवारी घोषणा गरेका हुन् ।

रिजालले समाजप्रति खेलेको भूमिका अतुलनिय  रहेको उल्लेख गरे । उनले भने,’तुलसीपुर सहित सिंगो दाङका उद्योगी,व्यवसायीहरुको हकहित र विकासका लागि उम्मेदवारी घोषणा गरिएको हो ।’



प्रतिक्रिया दिनुहोस !