१२ श्रावण २०८१, शनिबार

छोटो समयमै प्रदेश सरकारका काम देखिन थाल्यो : मूख्यमन्त्री पोख्रेल

प्रकाशित मिति :  26 February, 2020 6:12 pm


पश्चिम नवलपरासी, १४ फागुन ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको दाबी गरेका छन् ।

पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको आज शिलान्यास गर्दै उनले भने, ‘छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेका छन्, जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ, हाम्रा काम देखिन थालेको छ, हामी योजनाबद्ध विकासका पक्षमा छौँ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै यो पुल पनि पूर्वाधार विकासकै चरणअन्तर्गत रहेको उल्लेख गरे । उनले रामग्राम स्तूपलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यातायातका पूर्वाधारले जोड्न आवश्यक रहेको सन्दर्भमा यो पुल रामग्रामको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्षभित्र बिजुली पुराउने प्रतिबद्धता दोहोराए ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आगामी दुई वर्षभित्रै उक्त पुल निर्माण हुने प्रतिबद्धता जनाउँदै पुल निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !