१७ बैशाख २०८१, सोमबार

नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच समझदारी

प्रकाशित मिति :  26 February, 2020 8:18 pm


काठमाडाैं, १४ फागुन ।

नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोग को पहिचान स्थापनाको लागि समझदारी भएकाे छ । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत तथा व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने गरि बुधबार समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।

सहमति पत्र अनुसार टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफ कमर्सलाई इकोनमी क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म छुट दिने भएको छ । नेपाल चेम्बर अफ कमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रधान गर्ने सहमति भएको हाे । तर, प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा भने याे छुट स्कीम लागू हुने छैन।

यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँने विश्वार लिइएकाे दुबै पक्षकाे भनाइ छ । सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष जेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीस बीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताउनु भयो । दुबै निकायबीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको उहाँकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !