२९ मंसिर २०८२, सोमबार

६ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा वन निर्देशक विरुद्व मुद्दा दायर

प्रकाशित मिति :  5 January, 2022 4:54 pm


काठमाडौं । सुदूरपश्चिम प्रदेशको वन निर्देशनालय,धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्ट विरुद्व ६ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

सार्वजनिक पदमा रहँदा विष्टले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

विष्टले २०५५ सालदेखि २०७७ सम्म सार्वजनिक पदमा बहाल रहँदा ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टी भएको अख्तियारको दाबी छ ।

अख्तियारले विष्टकी श्रीमती रुबी जि.सी. (विष्ट) समेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफतका माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !