गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?
प्रकाशित मिति : 6 January, 2022 12:13 pm
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आज (पौष २२ गते, बिहिबार) बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
गरिमाले सहारालाई प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न गर्दाको दिनभन्दा पछाडि दोस्रो बजारबाट सेयर कारोबार भई कायम सेयरधनीहरुले प्रचलित आयकर ऐनबमोजिम बोनस सेयरबापतको कर तिर्नुपर्ने सम्बन्धित सेयरधनीहरुबाटै जम्मा गराई भुक्तानी गर्नेसमेत बैठकले निर्णय गरेको छ।








