२९ मंसिर २०८२, सोमबार

लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारकाे रू. १ अर्ब

प्रकाशित मिति :  6 January, 2022 5:11 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट १ अर्ब बजेट प्राप्त गरेको बताएका छन् ।

यसै हप्ता काठमाण्डौमा संघीय सरकारसंगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको मुख्यमन्त्री केसीको भनाई छ ।

काठमाण्डौमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी बिच भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि १ अब रुपैयाँ बजेटको व्यवस्थाका लागि निष्कर्षमा पुगेको उनको भनाई थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा बन्न लागेकोले हाल संघीय सरकारबाट १ अबै रुपैयाँ बजेट संघीय सरकारले व्यवस्था गरि सकेको बताएको मुख्यमन्त्री केसीको भनाई थियो ।

मुख्यमन्त्री केसीले अब प्रदेश राजधानी निर्माणको विषयमा नीति गत र बजेटका हिसावले तिव्र रुपमा अगाडि बढाउने   बताए । उनले जग्गा प्राप्तिको विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको विषले गति लिने उल्लेख गरेको मुख्यमन्त्री केसीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि संघीय सरकारसँग ३ अर्ब बजेट माग गर्ने मन्त्री परिषद्ले निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !