१२ श्रावण २०८१, शनिबार

बामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्ने प्रचण्डको भनाई

प्रकाशित मिति :  28 February, 2020 1:26 pm


चितवन, १६ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् ।

प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए । पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।’

प्रधानमन्त्रीले गौतमलाई सिफारिस नगरे के हुन्छ भन्ने अर्को प्रश्नमा प्रचण्डको जवाफ थियो, ‘म अहिले त्यतातिर जानै चाहन्न । मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन ।’ आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको प्रचण्डको भनाइ थियो ।

अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले सांसद नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुनसक्ने उल्लेख गरे । संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको प्रचण्डको भनाई थियो ।

उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए । उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको प्रचण्डको दाबी थियो । उनलेले भने, ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।’



प्रतिक्रिया दिनुहोस !