२३ बैशाख २०८१, आइतबार

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि तुल्सीपुरमा सबै विद्यालय बन्द

प्रकाशित मिति :  7 January, 2022 2:01 pm


दाङ । शिक्षक र विद्यार्थीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आज बसेको आकस्मिक बैठकले उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।

तुलसीपुरका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !