५ पुस २०८२, शनिबार

बतास समूहले नारायणहिटीमा बनाएको संरचना भत्काउन सुरु

प्रकाशित मिति :  7 January, 2022 6:26 pm


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफे समय भित्र नभत्काए सरकारले भत्काउन लगाउने दिएको चेतावनी अनुसार सो संरचना भत्काउन सुरु गरिएको छ ।

संग्रहालय भित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहले बनाएको संरचना भत्काउन सुरु गरिएको हो ।

मन्त्री आलेले तीन दिनको समय सीमा तोकेका थिए ।

सो समय पछि शुक्रबारदेखि नै भौतिक संरचना भत्काउन सुरु गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !