२३ बैशाख २०८१, आइतबार

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनः कार्की, यस्तो छ नयाँ कार्यसमिति

प्रकाशित मिति :  10 January, 2022 7:10 am


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबाट अवकास पाएका डा.योगेन्द्रकुमार कार्की नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

आइतबार भएको समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट कार्की पुनः सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरि, उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र गौँचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना निर्वाचित भएका छन् ।

निर्देशकहरुमा डा. महादेब प्रसाद पौडेल, डा. कृष्णप्रसाद तिमल्सिना र श्रषिराज कट्टेल निर्वाचित भएका छन् ।

समाजको सदस्यहरुमा रामहरि तिमल्सिना, हुमा न्यौपाने, समय गैरे, धनेश थापा निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !