३ पुस २०८२, बिहिबार

सार्वजनिक क्षेत्रमा प्रवेश गर्न र सेवा लिन गर्न माघ ७ देखि काठमाडौंमा खोप कार्ड अनिवार्य

प्रकाशित मिति :  11 January, 2022 4:30 pm


काठमाडौं । काठमाडौंमा सार्वजनिक ठाउँहरूमा प्रवेश गर्न र सेवा प्राप्त गर्न माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य चाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज आदेश जारी गर्दै कार्यालय,होटेल,रेष्टुरेन्ट,सिनेमा हल,रंगशाला,हवाई यात्रा,पार्क आदि क्षेत्रमा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड -१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य चाहिने र सवै निकायहरूले खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्न भनेको हो ।

जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गर्न भनिएको छ ।

खोप कार्डको मोबाइलमा फोटो भएपनि हुने उल्लेख छ । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निशुल्क एन्टिजेन टेष्ट बुथहरू स्थापना गर्ने र नियमित परीक्षण गर्ने गराउने जारी आदेशमा उल्लेख   छ ।



प्रतिक्रिया दिनुहोस !