८ पुस २०८२, मंगलबार

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी निर्वाचित

प्रकाशित मिति :  12 January, 2022 9:15 am


सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन ।

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !