१ पुस २०८२, मंगलबार

उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

प्रकाशित मिति :  12 January, 2022 9:47 am


मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

करिब ५: ३० बजेको समयमा प्रदेश १.१२ प ७१५२ नम्बरको मोटरसाईकलमा कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । उनी नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी हुन् । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया दिनुहोस !