साल्ट ट्रेडिङकाे मल बिक्री केन्द्र,सल्यानका तत्कालिन इन्चार्ज विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
प्रकाशित मिति : 12 January, 2022 4:59 pm
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक पदका विजय कुमार पासवान विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
मलको नियमानुसार हिसाब किताब नराखेर सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पासवानले आफ्नो जिम्मामा मौज्दाज रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा सो नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी १८ लाख ७६ हजार ६ सय ६४ भ्रष्टाचार गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।








