१३ बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेशको विकासका लागि सबै दलसँग हातेमालो गछौं : सभापति पुन

प्रकाशित मिति :  13 January, 2022 11:25 am


उमा केसी

रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशको विकासका लागि सबै दलसँग सहकार्य गर्ने बताएका छन् ।

रिपोर्टस क्लब रोल्पाले  सदरमुकाम लिवाङमा आयोजना गरेको सात्क्षातकार कार्यक्रममा बोल्दै सभापति पुनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई पर्यटनसँग जोड्ने र विकासमा सबै दलसँग हातेमालो गर्ने बताएका हुन् ।

सभापतिमा निर्वाचित भएपछि गृह जिल्ला रोल्पा पुगेका पुनले लुम्बिनी प्रदेशको रुकुम पूर्व अझै सञ्चारसँग जोडिन नसकेको गुनासो आएको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी क्षेत्रको विकासका लागि गुरु योजनामा ढिलाई भइरहेको भन्दै सभापति पुनले यस विषयमा लुम्बिनी विकास कोषसँग समेत छलफल गर्ने बताए ।

आफू रोल्पा जिल्लाकै भएका कारणपनि आफ्नो बढी दायित्व रहेको भन्दै जिल्लाई थप संठगित गरेर जाने उल्लेख गरे ।

कार्यक्रममा सहभागिले रोल्पालाई विशेष ध्यान दिन सभापति पुनलाई सुझाव दिएका थिए । उनीहरू आर्थिक भौतिक सबै किसिमले समान व्यवहार गर्न र पुरानो शैली फेर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !