२१ बैशाख २०८१, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने

प्रकाशित मिति :  14 January, 2022 5:03 pm


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । बैंकको शुक्रबार सम्पन्न एघारौं साधारण सभाले ५.७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभाशं वितरण प्रस्ताव पारित गरेको हो ।

२०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँमा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ बराबर बोनस सेयर वितरण गर्न लागेको हो ।

सभाले कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशत हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३५ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !