७ बैशाख २०८१, शुक्रबार

शनिबारको राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  15 January, 2022 7:50 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७८ माघ १ गते शनिबार (मकर संक्रान्ति)

इ.सं. ः १५ जनवरी २०२२

सूर्योदयः विहान ०६ः५८ बजे

सूर्यास्तः बेलुका १७ः२९ बजे

तिथिः क्रयोदशी २४ः५४ सम्म, तत्पश्चात् चतुर्दशी

पक्षः पौष शुक्लपक्ष

नक्षत्रः मृगशिरा २३ः४८ सम्म, तत्पश्चात् आद्रा

योगः ब्रह्म १४ः४६ सम्म, तत्पश्चात् एन्द्र

करणः कौलव ११ः५६ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशीः वृष १०ः२९ सम्म, तत्पश्चात् मिथुन

ऋतुः शिशिर

अयनः उत्तरायण

आजको राशिफल

मेष

मेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ ।

वृष

वृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला ।

मिथुन

मिथुन राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कृषि उपजबाट राम्रा् हुनेछ । मिष्ठान्न भोजन हुनेछ । समस्याहरु टरेर जानेछन् ।

कर्कट

कर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुने छ । शरीरमा आलस्य पैदा हुने छ । कामहरु रोकिनेछ । अनावश्यक काममा धन खर्च हुने छ ।

सिंह

सिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

कन्या

कन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ । कृषिकार्यको लागि आजको दिन राम्रो रहेको छ ।

तुला

तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छैन । भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । मानसम्मानमा चोट पर्नेछ । काममा समस्याहरु आइपर्नेछन् ।

वृश्चिक

वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । मनमा चिन्ता बढ्ने छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्दछ । यात्रा र केही काम गर्दा विचार पुर्याउनु होला ।

धनु

धनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् ।

मकर

मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ ।

कुम्भ

कुम्भ राशिका लागि आज पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । बन्न लागेको काम रोकिनेछन् । शरिरमा आलस्यता पैदा हुनेछ ।

मीन

आजको दिन आमाको स्वास्थयमा समस्या आइपर्नेछ । तपाईको चरित्रमा औंला उठाउने छन् । यात्रामा समस्या आइपर्नेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !