१५ चैत्र २०८०, बिहिबार

आइतबारको राशिफल कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  16 January, 2022 7:32 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७८ माघ २ गते आइतबार

इ.सं. ः १६ जनवरी २०२२

सूर्योदयः विहान ०६ः५८ बजे

सूर्यास्तः बेलुका १७ः३० बजे

तिथिः चतुर्दशी २६ः५८ सम्म, तत्पश्चात् पूर्णिमा

पक्षः पौष शुक्लपक्ष

नक्षत्रः आद्रा २६ः२० सम्म, तत्पश्चात् पुनर्वसु

योगः ऐन्द्र १५ः३३ सम्म, तत्पश्चात् वैधृति

करणः गर १४ः२७ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशीः मिथुन

ऋतुः शिशिर

अयनः उत्तरायण

आजको राशिफल

मेष

मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । प्रयास गर्यो भने उपलब्धि हुनेछ । रोकिएका काम बन्नेछन् । जिम्मेवारी बढ्नेछ । परिश्रम गरे अनुसार फल मिल्नेछ ।

बृष

वृष राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । यात्रामा झन्झट आउनेछन् । शारीरिक कमजोर महशुश हुनेछ । अनावश्यक खर्च बढ्नेछ । दुखहरु बढ्नेछन् । सहयोग प्राप्त हुने छैन । खानपिनमा ध्यान दिनुहोला ।

मिथुन

आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । चुनौतीहरु सजिलै पार हुनेछन् । समस्याहरु हट्नेछन् । आँटेका काम पुरा हुनेछन् । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

कर्कट

आज कर्कट राशिका लागि आज समय अशुभ रहनेछ । काममा मन लाग्ने छैन । कमजोरीका कारण कामको प्रतिफल पइनेछैन । कामको राम्रो नतिजा आउन छैन । अध्ययनका लागि आजको दिन त्यति उपलब्धि मूलक छैन ।

सिंह

आज सिंह राशि भएकाहरूका लागि भुभ रहेको छ । नयाँ काम तर्फ ध्यान जानेछ । साथिभाइसँग भेटघाट हुन सक्छ । आफन्तले साथ दिनेछन् । सहयोग प्राप्त हुनेछ ।

कन्या

कन्या राशि भएकाहरूका लागि सामान्य रहेको छ । सम्बन्धका खटपट आउन सक्छ । अवसरलाई चिनेर अगाडी बढ्दा राम्रो हुनेछ । बन्न लागेको काम बिग्रन सक्दछन् विचार पुर्याउनु होला ।

तुला

तुला राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । कामहरु रोकिनेछन् । मानसम्मानमा ठेस पुग्न सक्नेछ । विचार पुर्याएर बोल्नु होला गलत अर्थ लाग्न सक्नेछ । अनावश्यक खर्च हुनेछ ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि आजको दिन खराब रहेको छ । मन डर भइरहनेछ । आलस्यताका कारण काममा ढिला हुनेछ । यात्रा गर्दा समस्या आउने कारण यात्रा गर्दा विचार पुर्याउनुहोला ।

धनु

धनु राशिका लागि आजको दिन शुभ छ । आँटेको कामहरु सफल हुनेछन् । भविष्यको लागि योजनाहरु बन्नेछन् । रोकिएका कामहरु बन्नेछन् । शत्रुहरु आपैmँ पन्छिनेछन् ।

मकर

मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । नयाँ कामको सुरुवात हुन सक्नेछ । आँटेको कामहरु बन्नेछन् । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

कुम्भ

कुम्भ राशिका लागि आजको दिन खराब रहेको छ । स्वास्थ्य भरपर्दो रहनेछैन । कामहरु बिग्रन सक्नेछ । अनावश्यक खर्च हुनेछ । कुनै पनि काममा लगानी नगर्नु होला । नयाँ कामको सुरुवात नगर्नु होला ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । अनावश्यक विवादमा पर्न सकिनेछ । काममा धेरै समस्या देखिनेछन् ।

 



प्रतिक्रिया दिनुहोस !