८ बैशाख २०८१, शनिबार

मुख्यमन्त्री केसीले प्रधामन्त्रीलाई भने,‘जनताकाे जीवन रक्षाका लागि तत्काल संघीय सहयोग चाहियो’

प्रकाशित मिति :  17 January, 2022 7:32 pm


लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले प्रदेशबासीको विपतमा जनताको रक्षा र कोरना नियन्त्रणका लागि प्रदेश सरकार हरक्षण लागि रहेको बताएका छन् ।

उनले सबै सरोकारवाला निकायको सहभागितामा प्रदेशका जनताको जीवन रक्षा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा लगायत संघीय सरोकारवाला निकायसँग भएको भर्चुअल बैठकमा मुख्यन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले जनउत्तरदायित्व काम गरिरहेको दाबी गरे ।

भारतसँग नाकामा हुने आवतजावतको हिसाबले लुम्बिनी प्रदेश मिनि नेपाल भएको बताउँदै जनताको जीवन रक्षा गर्नका लागि नै लुम्बिनी प्रदेश सरकार हरवखत लागि रहेको बताए ।

उनले प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न धेरै चुनौती रहेकोले बजेट तथा सामाग्री सहयोग गर्नका लागि संघीय सरकारलाई प्रधामन्त्री मार्फत अनुरोध समेत गरे ।

लुम्बिनी प्रदेशमा हाल पनि सबै राजनीतिक दल, सरोकारवाला निकायहरुलाई कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडी बढेको उनको भनाई थियो ।

उनले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेकाले सबै सरोकारवालाले प्रदेशवासी जनताहरूको जीवन सुरक्षा बनाएर नै अगाडि बढाउको लागि अनुरोध गरे ।

मुख्यमन्त्री केसीले दोस्रो चरण कोभिड खर्च व्यवस्थापनकालागि १० करोड रुपैयाँ संघीय सरकारले श्रोत भर्ना गरि दिनुपर्ने रहेको बताउँदै तत्कालै सो खर्च श्रोत भर्ना गरिदिनका लागि अनुरोध समेत गरे ।

उनले कोरोना नियन्त्रणका लागि भैरहवा, कृष्ण नगर र नेपालगञ्जमा होल्ड सेन्टर स्थापना गरी अगािड बढाउनको लागि प्रदेश सरकारले आवश्यक तयारी गर्न लागेको बताए ।

कोरोनाको कारणले तराइको जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान, रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरू रहेकोले कोरोनासँगै अब गर्मियाममा हुने आगलागी र वर्षा याममा हुने बाढी पहिरो नियन्त्रणका लागि पनि ध्यान दिनु पर्ने मुख्यमन्त्री केसीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !