७ बैशाख २०८१, शुक्रबार

माघ १५ गते सम्म स्याङजा भीरकोट नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द

प्रकाशित मिति :  18 January, 2022 5:28 pm


स्याङजा । स्याङजाको भिरकोट नगरपालिकाले कोभिड संक्रमण फैलिएका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले २०७८ माघ ५ गतेदेखि १५ गतेसम्म १० विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय बन्दको अवधिमा १२ वर्ष देखि १७ वर्ष सम्मका विधार्थीलाई खोप लगाउने व्यावस्था मिलाउने भिरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए । नगरपालिकाले विधालयहरुलाई भर्चुअल माध्यमबाट पठनपाठन गराउन अनुरोध गरेको जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७८ पुष २६ गते सुचना जारी गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !