७ बैशाख २०८१, शुक्रबार

बुधबार नेप्से ३८ अंकले घट्यो

प्रकाशित मिति :  19 January, 2022 3:34 pm


काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ७.८१ अंकले बढेर ५३९.६५ झरेको पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

आज पनि नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ३२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ भने आज घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३४ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको एक करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !