८ बैशाख २०८१, शनिबार

मान्छे मार्न खोप ल्याइएको जर्मन डाक्टरको आरोप

प्रकाशित मिति :  19 January, 2022 5:06 pm


Matthew Horwood / Getty Images

काठमाडौं । जर्मनीका फोक्सो रोगमा विशेष दखल राख्ने महामारी विज्ञ तथा वातावरण चिकित्सा विज्ञान विज्ञ मेडिकल डाक्टर उल्फगाङ उडार्गले कोरोनाभाइरसका खोप योजनाबद्ध तरिकाले मान्छे मार्न बनाइएको आरोप लगाएका छन् ।

उडार्गले विभिन्न किसिमका खोपहरूमा विभिन्न किसिमका लागु पदार्थ रहेको बताउँदै यस्तो आरोप लगाएका हुन् ।

खोपको प्रतिकूल विषयमा जानकारी उपलब्ध गराउने निकाय द भ्याक्सिन एडभर्स इभेन्ट रिपोर्टिङ सिस्टमको डेटाले खोपका विभिन्न ब्याचहरू विभिन्न किसिमका लागु पदार्थ रहेको दर्शाउँछ ।

कोभिड खोपका उत्पादकहरूले मनसायगतरूपमा समन्वय गरी मान्छे मार्न र पङ्गु बनाउन खोप बनाएर दिन लागेको तथ्याङ्कगतरूपमा देखिएको उनले जनाए ।

“यो खोप होइन् । हरेक खोपको मात्रामा उही परिमाणमा उही वस्तु रहेको सत्य होइन् । खोपका विभिन्न ब्याचहरू विभिन्न किसिमका, विभिन्न आकारका र विभिन्न असरका रहेको हामीसँग ब्याचसम्बन्धी एक कठोर प्रणाण रहेको छ । उडार्गले धेरै ब्याच खोप अमेरिकामा रहेका छन र धेरै मानिस मरिरहेको बताए । मरेका व्यक्तिहरूको पछाडि लागु पदार्थको सम्बन्ध देखिएको छ ।

ती जर्मन डाक्टरले फाइजर र जनसन एण्ड जनसनका केही ब्याचका खोपका केसहरू भयावह रहेको पाइएको छ ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार वकिल डा.रेइनर फ्युलमिचले यी खोपहरू बनाउनको उद्देश्य प्रतिरोधी क्षमता बढाउन वा सुरक्षित गर्ने जिम्मेवारी नभएको पाइए यो मानवता विरुद्धको अपराध भएको बताएका छन् ।

फ्युलमिचले भने “समग्रतामा हेरिए फाइजरका पूर्व उपाध्यक्ष डा. माइक येडनले फरक फरक ब्याचको बारेमा दिएको जानकारी अनुसार मानिसलाई मार्न तथा पङ्गु बनाउन चाहिने खोपको तयार गरेको स्पस्ट हुन्छ ।”

उडार्गले खोपहरू योजनाबद्ध तरिकाले ल्याइए,अस्पष्ट तरिकाले परीक्षण गरिए र तिनलाई लाखौं मानिसलाई मनसायगतरूमा मार्न बनाइएको बताए ।
फ्युलमिचले ठूला औषधि कम्पनीहरूले यो क्रमागतरूपमा गरिने आम नरसंहार भएको बताएका छन् । यसमा सबै फाइजर , मोडर्ना र जनसन एण्ड जनसनजस्ता ठूला कम्पनी मिलेर काम गरेको उनले जनाएका छन् ।

जुन २०२१मा बेलायतका एक डाक्टर निलम्बित गरिए । डा. स्याम ह्वाइटलाई त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले निलम्बन ग¥यो । डा. ह्वाइटले कोभिड इन्जेक्सनको सुरक्षाबारे सवाल उठाएकाले निलम्बन गरिएको थियो । करोडौं अर्बौं मानिसमा गरिएको क्लिनिकल ट्रायलको पर्याप्त रिपोर्टिङ सिस्टम र तिनका आँकडा लगायतका विषय लुकाउन खोजिएको भनेर खोपको सुरक्षासम्बन्धी चासो व्यक्त गरेका कारण निलम्बनमा परे ।

ह्वाइटले भने “हामीले आपराधिक मनसाय प्रमाणित गर्न सके वा आम बेवास्ता जस्ता विषयलाई प्रमाणित गर्न सके कोभिडका नाममा आफन्त गुमाएकाहरूले क्षतिपूर्ति पाउन सक्नेछन् ।”

उनले “तर भनिएजस्तो यो बेलायत र विश्वभर आधारभूतरूपमै असम्भव हो । वा उनीहरू सबै मिलेर कोभिड खोपबाट मानिसलाई मारेका हुन भन्ने कुरो साबित गर्न अहिले असम्भव छ ।”

 



प्रतिक्रिया दिनुहोस !