१२ बैशाख २०८१, बुधबार

भिडभाड हुने कार्य नगर्न जिल्ला प्रशासन स्याङ्जाकाे निर्देशन

प्रकाशित मिति :  19 January, 2022 5:54 pm


स्याङ्जा । कोभिड संक्रमण दर बढेको भन्दै विद्यालय संचालन, सभा सम्मेलन, गोष्ठी सेमिनार लगायत भिडभाड हुने कार्य नगर्न जिल्ला प्रशासन स्याङ्जाले निर्देशन दिएको छ ।

जिल्ला कोभिड-१९ ब्यवस्थापन समिति (डिसिएमसी) को सिफारिस तथा जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड न्यूनिकरण गर्न यस्तो आदेश गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाभर लागू हुने गरि २० बुँदे आदेशपत्र आदेशपत्र जारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !