आर्थिक गतिविधिमा सरकारले प्रतिबन्ध नलगाउने
प्रकाशित मिति : 19 January, 2022 6:39 pm
काठमाडौं । सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
कोभिड १९ महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग बुधबार छलफल गरेको छ ।
छलफलमा तत्काल आर्थिक गतिविधिमा प्रतिबन्ध नलगाउने जनाइएको छ ।
अर्थतन्त्रमा सरोकार राख्ने निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन, बैंक, बीमा, होटेल लगायतका प्रतिनिधिसँग अर्थमन्त्रालयले छलफल गरेको हो ।








