२३ बैशाख २०८१, आइतबार

जनमत पार्टीका नेता राउतको हत्या हुन सक्ने मन्त्री रेणु यादवको चेतावनी

प्रकाशित मिति :  20 January, 2022 2:22 pm


काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका नेता डा. सीके राउतलाई हत्या हुन सक्ने चेतावनी दिएकी छिन् ।
जनमत पार्टी अहिले मधेसका जिल्लाहरूमा किसान आन्दोलन चर्काइ रहेको छ ।

आन्दोलनका क्रममा सो पार्टीले संघीय सरकारका साथै मधेश प्रदेश सरकारलाई निरन्तर तारो बनाइरहेको छ ।

२ माघमा एक कार्यक्रममा सहभागी हुन गइरहेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय सरकारकी भौतिक पूर्वाधारमन्त्री रेणु यादव, मुख्यमन्त्री लालबाबु राउतलाई कालो झन्डा देखाएर विरोध गरे ।

बुधबार बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन भौतिक पूर्वाधारमन्त्री रेणु यादव रौतहटको गौर पुगेकी थिइन् । उनले त्यहाँ पनि जनमत पार्टीको विरोधको सामना गर्नुप¥यो।

बलिदानी दिवसको अवसरमा गौरमा आयोजित कार्यक्रममा मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या हुनसक्ने चेतावनी दिन पुगिन । गौरमा भएको नरसंहार स्मरण गराउँदै उनले राउतको हत्या हुनसक्ने चेतावनी दिएकी हुन् ।

राउतप्रति आक्रोशित मन्त्री यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिइन्।

तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच २०६३ सालमा भीडन्त हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

गौरको त्यो घटना सम्झाउँदै उनले सिके राउतले फणा उठाए त्यही हालत हुने भनिन् ।

हिन्दीमा भाषण गरेकी मन्त्री यादवले ‘तुफान’ सँग टकराउने प्रयास गरे सिके राउत पनि मारिनसक्ने बताइन् ।

उनको भनाइ छ “राइस मिल अहिले पनि जिवीतै छ । गौरमा फणा देखाउने प्रयास नगरे हुन्छ । यहाँ लाठी भाँच्न मानिसले जानिसकेका छन् । तुफानसँग टकराउने प्रयास नगर । यो गौर ऐतिहासिक जिल्ला हो ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष राउतको नामै लिएर राइस मिलको इतिहास बिर्से हत्या हुनसक्ने चेतावनी दिइन् ।

“त्यो इतिहास डाक्टर साहेबले नभुलुन् नभए तपाईंको कार्यकर्ता मारिन्छन्, तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् ” हिन्दी भाषामा बोलिएको भिडियोमा यस्तो सुनिन्छ । भिडियोमा यादवले भनेको सुनिन्छ “ हत्या हुन्छ, सतर्क रहनुस्। डाक्टरसाहबलाई म चेतावनी दिन्छु, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खानुभएको छ भने सिंहदरबार गएर घेर्नुस् । तर जसको नसामा गाई र भैंसीको दूधको रगत बगेको छ, यसलाई फासफुस कहिल्यै लिनु हुँदैन। लड्ने प्रयास नगर्दा बेस हुन्छ।”

 



प्रतिक्रिया दिनुहोस !