२३ बैशाख २०८१, आइतबार

राष्ट्रिय सभामा एमाले लोसपा गठबन्धन

प्रकाशित मिति :  20 January, 2022 3:00 pm


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच मिलेर जाने सम्झौता भएको छ ।

भएको सहमति अनुसार एमालेले लोसपाका उम्मेदवारलाई सघाउने र लोसपाले एमालेका उम्मेदवारलाई सघाउने निर्णय भएको हो ।

एमालेले उसमान अन्सार र महिलातर्फ लोसपाले रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।

बिहीबार भएको सहमतिमा एमालेको तर्फबाट मधेश प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका हुन् ।


यसअघि सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ । एमाले र लोसपाबीच गठबन्धन बनेपनि सत्तारूढ गठबन्धन नै बलियो रहेको देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !