काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा जाेर बिजोर प्रणाली लागू
प्रकाशित मिति : 20 January, 2022 9:41 pm
काठमाडौं । कारोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनहरुमा जाेर बिजोर प्रणाली लागू गरिएको छ ।
काठमाडौंका तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै काठमाण्डौं उपत्यकामा थप कडाई गरेका हुन् ।
अब उपत्यका भित्र भोली राती १२ बजेपछि जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीका आधारमा सवारी साधान चल्ने छन् । सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन भने सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।
सार्वजनिक सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने भनिएको छ । त्यस्तै घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा खोपकार्ड राख्न भनिएको छ ।








