दिल्लीमा कोरोना संक्रमण घटेपछि साप्ताहिक कर्फ्यू हटाइयो
प्रकाशित मिति : 21 January, 2022 11:52 am
काठमाडौं । दिल्ली सरकारले साप्ताहिक रुपमा लगाइएको कर्फ्यू हटाउने निर्णय गरेको छ ।
साथै पसल सञ्चालनका लागि लगाइएको आलोपालो प्रणालीपनि खारेज गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गरेपछि गरिएको कडाईमा दिल्ली सरकारले खुकुलो गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीमा कोरोना संक्रमण कम हुँदै गएको भन्दै मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो निर्णय गरेका हुन् ।
अहिले दिल्लीमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ । यद्यपी देशभर भने कोरोना संक्रमितको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४७ हजार २ सय ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।








